विपक्षी दलका नेताहरुले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी दल विभाजन सम्बन्धि अध्यादेश रोक्नका लागि आग्रह गरेका छन् ।
विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी अध्यादेश रोकिदिन माग गरेका हुन् । भेटका क्रममा विपक्षी नेताहरुलाई राष्ट्रपति पौडेलले अध्यादेश प्राप्त भएमा सबैलाई बोलाएर परामर्श गर्ने आश्वासन मात्र दिएका छन् ।
प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया