युक्रेन बिरुद्ध आणविक हतियार प्रयोग हुन सक्छः रुस

साझा प्रेस
0
Shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले युक्रेनलाई रुस बिरुद्ध भविष्यमा गैर आणविक राज्यबाट आणविक हतियारको समर्थनमा संयुक्त आक्रमण हुन सक्ने आशंका बढेको समेत बताए ।

पुटिनले रुसले आणविक हतियार प्रयोग गर्ने बिषयमा नीति नियम तथा पुर्व सर्तहरु परिवर्तन आवश्यक भएकाले त्यस तर्फ काम अगाडी बढाएको जनाए । युक्रेन एक गैर–आणविक राज्य भए पनि अमेरिका र अन्य आणविक देशबाट सैन्य समर्थन प्राप्त गरेको रुसको दाबी रहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी कीएभले रूसमा सैन्य क्षेत्रमा लामो दूरीको पश्चिमी मिसाइल प्रयोग गर्न स्वीकृति खोजेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकामा भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेर लामो दूरीको मिसाइल प्रयोगको प्रस्तावबारे छलफल हुनसक्ने खबरमा उल्लेख छ ।

यसअघि चीनले पनि पुटिनलाई आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएको समाचार बाहिर आएको थियो ।