एकै वर्ष दुई पटक परीक्षाको मौका दिँदा पनि कक्षा १० को अन्तिम परीक्षा एसईई दिएका मध्ये २६ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।
परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी मध्ये नियमित र ग्रेड वृद्धि समेत तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी मात्रै ग्रेडेड (पास) भएका छन् । चैतमा लिएको परीक्षामा दुई लाख २२ हजार र साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार गरी तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी ग्रेडेड (पास) भएका हुन् । एक लाख २२ हजार आठ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।
यस मध्ये ३१ हजार चार सय ८३ विद्यार्थीले मौका परीक्षा नै दिएनन् भने पहिलो परीक्षामा एनजी आएर ग्रेड वृद्धि परीक्षा दिएका मध्ये ९० हजार आठ सय ८८ विद्यार्थीको नतिजा फेरी पनि एनजी आएको हो । उनीहरूको अहिले जुन विषयमा एनजी आएको हो त्यही विषयको यस वर्षको चैतमा परीक्षा दिनु पर्ने हुन्छ ।
प्रतिक्रिया