बाढी पहिरोको कहर

अबिरल बर्षात तथा बाढी प्रकोपः अपडेट

साझा प्रेस
0
Shares

लगातारको बर्षात पछि आएको बाढीले नख्खु खोलाले ४ जना बगाएको छ ।

आज बिहान आएको बाढीले करिब ९ बजे तिर एक जना महिला, २ जना पुरुष र एकजना बच्चा बगाएको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता पारिएकाहरुको खोजि कार्य भईरहेको छ ।

बाढीले बगायो काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण आएको खोलामा बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे बगाएको छ ।

काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

बाढीका कारण त्यस क्षेत्रको सडकमा आवतजावतमा अवरोध सिर्जना भएको छ भने आसपासका घरहरु डुबानमा परेका छन् ।

काभ्रेमा दुईको मृत्य, ९ जना बेपत्ता ः अरनिको र बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काभ्रे । निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाको मृत्यु र नौ जना बेपत्ता भएका छन् । वर्षाले प्रमुख राजमार्ग हरु अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका–७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएको हो भने बनेपा–१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित भएका हुन्

त्यस्तै बनेपा नगरपालिका–१४ थलाचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

त्यस्तै, पनौती नगरपालिका–१२ कलाती मा पहिरोले घर बगाउदा दम्पती नै बेपत्ता भएका छन् । नमोबुद्ध नगरापालिका–२ श्यामपाटीमा पनि दुइ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

पनौती नगरपालिका–११ थुम्कीमा पहिरोले घर पुरीदा चार जना बेपता भएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा अहिले प्रहरी चौकी खोपासीबाट प्रहरीको टोली पुगेको छ । स्थानीय अर्जुन भण्डारीको घरमा पाहुना आएका चार जना बेपता भएका हुन् ।

पहिरोको कारण पनौती नगरपालिका–१२ कोलाती भन्ने स्थानमा स्थानीय गोपाल तिमिल्सिनाको घर पुरीदा चार जना पुरीएकोमा तिन जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपता रहेका छन् । बनेपा १० हंसदा आश्रम नजिकै एक जना बालक पुरीएको स्थानीयले जानकारी दिएका छन् ।

पहिरोले बेथान्चोक–४ सलान्दु खोला असपासका सबै घर टहरासमेत बगाएपछि त्यहाँ बस्दै आएकाहरुको बिचल्ली भएको छ । अरनिको राजमार्ग अन्र्तगत बनेपाको पुल बजार डुबान भएपछि अहिले सबै यातयातका साधानहरु रोकिएका छन् भने बिपी राजमार्गको नेपालथोक खण्डको प्रहरी चौकी भन्दा माथीको सडक सबै नदीमा झरेको छ ।

बाढी र पहिरोले रोशी गाउँपालिका–१ फलामेसाँघुमा रहेको बजार र अस्पताल समेत पुरीएको छ । गएरातिको पहिरोले पनौती नगरपालिका–११ बल्थली स्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको प्रहरीले जानकारी दिएको छ ।